बिरामीहरु चिकित्सकहरुप्रति आक्रोशित

105

काठमाण्डौ / सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् ।

सरकारले स्थानीय तहको मातहत रहने व्यवस्थासहित निजामती कर्मचारी ऐन ल्याएपछि त्यसलाई सच्याउन माग गर्दै सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।

शुक्रबार बिहान झण्डै १० बजेतिर वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका चिकित्सकहरुले स्थानीय तहको मातहत रहने तथा आफूहरुको वृत्ति विकास समेत नहुने गरी ल्याइएको ऐन सच्याउन सरकारलाई बाध्य पार्न सेवाहरु बहिष्कार गर्नुपरेको सरकारी चिकित्सक संघ, नेपाल (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए ।

यसैबीच, शुक्रबार वीर अस्पताल पुगेका विरामीहरुले आफूहरुलाई बिचल्लीमा पारेको भन्दै सरकारी चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका थिए । अस्पतालमा पुगेका विरामीहरुले आफूहरु अस्पताल आएको तर टिकट काउन्टर नै बन्द भएको भन्दै गुनासो व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here