महिला विश्वकप क्रिकेट छनोटमा नेपालको जित

123

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र तीन विकेट गुमाएर पुरा ग¥यो । जसका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन । त्यस्तै काजल श्रेष्ठले १५ तथा सरिता रानामगरले छ रन बनाएको थियो । यसअघि युएईले टस जितेर पहिले ब्याटिङ गर्दै १७।३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन मात्र बनाएको थियो ।

यूएइका लागि चामानी रोसहिनीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्स म्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । युएइलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले चार विकेट लिईन् । यस्तै सीता रानामगर, सोनु खड्का र कृष्णा कुँवरले समान दुई/दुई विकेट लिइन । यस जितपछि नेपालले तीन खेलबाट एकमा हार र दुईमा जीत निकाल्दै चार अङ्क बटुल्न सफल रह्यो । युएइको पनि समान चार अङ्क नै छ । छनोट प्रतियोगिताका शुरुआती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । तीन खेलबाट ६ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले अर्को खेल फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग खेलिने भएको छ । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा खेल्न पाउनेछ । एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धारत छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here