गाँजा खेतीको सम्भाव्यता शितगंगा नगरपालिकाले अध्ययन गरिने

53

अर्घाखाँची । शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ मा नगरभित्र गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । १३ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तु गर्दै नगर प्रमुख छविलाल पौडेलले नगरभित्रका १४ वटै वडामा अध्ययनपछि व्यापक गाँजा खेती गर्ने र त्यसबाट झोला, कपडाको उद्योग खोलेर युवालाई स्वरोजगार बनाइने जनाए।

गाँजालाई औषधिजन्य र कपडा उद्योगको प्रयोजनको रुपमा बाँझो रहेका पाखोबारीमा खेती गर्नुपर्ने उनले जनाए।

‘गाँजा खेती कहाँ कुन ठाउँमा हुन्छ, उत्पादित गाँजा स्वदेश तथा विदेशका कहाँ निर्यात गर्न सकिन्छ, त्यसको अध्ययन गर्छौं,’ पौडेलले भने, ‘गाँजाबाट कपडा तयार हुन्छन् भन्ने सुनेको छु, यही त्यो सम्भव रहेछ भने शितगंगामै गाँजाको उद्योग खोल्छु । खेती गर्ने, उद्योग सञ्चालन गर्ने, उत्पादित वस्तु निर्यात गर्ने लगायतका कामबाट सयौं नगरवासीले रोजगारीका अवसर पाउनेछन् ।’

गाँजा खेतीलाई सदुपयोग गरेर वस्तु उत्पादनमा जोड्दा बेरोजगार समस्या हल हुन सक्ने नगर उपप्रमुख गीता भाटले बताइन् । संघ सरकारले गाँजा खेतीलाई खुला गर्नुपर्ने उनको तर्क छ ।

नगरले स्थानीय मदिरालाई पनि व्यवस्थित गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here