काठमाडौं । जावा मोटरसाइकलले नेपालका लागि ब्राण्डको आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा शनिबार नेपालमा पहिलोपटक आमन्त्रणात्मक मोटरसाइकल यात्राको आयोजना गरेको छ।
‘नेपाल भारतीय उपमहाद्वीपभर प्रिमियम दुई पाङ्ग्रेको बजारको रुपमा उदाउँदै आएको छ र यसले जावा मोटरसाइकलका लागि महत्त्वपूर्ण अवसरको प्रतिनिधित्व गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। जावा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जवा पेराक मोटरसाइकलको बिक्री वितरण गर्दै आएको छ।
‘हामी नेपालमा उपस्थित भएको एक वर्षभन्दा बढी भएको छ र यहाँ मोटरसाइक्लिङ गर्ने समुदायबाट प्राप्त स्नेह साँच्चिकै उत्साहजनक रहेको छ,’ क्लासिक लिजेन्ड्सका सहसंस्थापक तथा निर्देशक थरेजाले भने, ‘नेपालमा सवारी यात्रा गर्न पाउँदा रोमाञ्चित भयौं। नेपाल रमणीय सुन्दर देश हो। आज देशभरका जावाप्रेमी साथीहरूसँग सवारी गर्नु एउटा गज्जबको अनुभव थियो। सडक र रमणीय स्थानहरूले निश्चित रूपमा जावा मोडेलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउनसक्छ।’
क्लासिक लेजेन्ड्सले विगत तीन वर्षदेखि भारतमा जावा ब्राण्डको मोटरसाइकललाई सफलतापूर्वक स्थापित गरिसकेको छ र आफ्नो आधारलाई विस्तार गर्ने योजना बनाएको छ। नेपालमा ब्राण्डलाई अझ बढी सुदृढ तुल्याउने र भारतमा जस्तै जावाप्रेमीहरूको मन जित्ने कम्पनीको आशा छ।
यस ब्राण्डले नेपालका प्रमुख सहरहरू काठमाडौं, पोखरा, बिर्तामोड, विराटनगर, इटहरी, धरान, लहान, वीरगन्ज, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, सुर्खेत र बागलुङमा सफलतापूर्वक डिलरसिप स्थापना गरेको छ।















