काठमाडौं । इलाम, देउमाई नगरपालिका-७ सिस्नुबेशी बस्ने अनिल राईको घरमा सोमबार बिहान आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, काठपात, भाँडावर्तन समेत जलेर करिब ६ लाख ९५ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरी, ईनरूवा नगरपालिका-६ बस्ने खड्ग बहादुर थापाको खेतमा काटी राखेको धानमा सोमबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-१६ विउसा बस्ने दिल बहादुर बोहराको गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















