बजारमा सुनको भाउ बढ्याे

28

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ बढेको छ । सोमबारको दाँजोमा आज मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १ लाख ४९ हजार ३ सय रुपैयाँ थियो ।

यसका साथै चाँदीको भाउ मंगलबार ३० रुपैयाँ बढेर तोलाको १ हजार ८ सय ४५ मा किनबेच भइरहेको छ । सोमबार तोलाको १ हजार ८ सय १५ रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here