तनहुँ । महिलाहरुको सामाजिक संस्था रोटार्ट वेदव्यासले गत साउन ७ गते शनिबार आफ्नो तेस्रो स्थापना भव्यरुपमा मनाएको छ ।
सो संस्थाको तेस्रो बार्षिक समारोहको व्यास नगरपालिकाका प्रमुख मेयर वैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै भन्नु भयो भविष्यमा बच्चाहरुलाई चाहिने शैक्षिक स्टेश्नरी साम्रगी उपल्बध गराउने धारणा राखे ।
साे कार्यक्रमकाे उद्घाटन गर्दै अतिथि प्रमुख मेयर वैकुण्ठ न्यौपानेले रोटार्ट वेदव्यासकाे प्रशंसा गर्दै आर्थिक स्थिति कमजाेर भएका दुइ जना जुम्ल्याहालाई एस.एलसीसम्म अध्यापन गर्ने व्यवस्थालाई मेयरले समेत हेरिदिने वाँचा गरेका थिए ।
कार्यक्रममा सो संस्थाका सल्लाहकार आर.टी.एन. विजयकुमार शर्मा र आर.टी.एन. राजिनलाल श्रेष्ठले संस्थाको हरेक परियोजनालाई सफल बनाउनका लागि महत्वपूर्ण भूमिका निवार्ह निभएका थिए ।
रोटार्टकि निवर्तमान अध्यक्ष मुना गुरूंगले अाफ्नाे कार्यकालमा प्रत्यक्ष र अप्रत्यक्षमा रूपमा सहयाेग गर्ने सम्पूर्ण संस्थाका सदस्यहरूलाई हार्दिक बधाई एवम् धन्यवाद ज्ञापन गरिन् ।
साे कार्यक्रमबाट नयाँ अध्यक्ष रूपमा सुष्मिता रेग्मीले सबैलाई हार्दिक बधाई ज्ञापन गरि क्लबको उत्तरोत्तर प्रगतिमा सबैकाे साथ रहनु पर्ने धारणा राखिन् ।
साे कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्लबहरूका प्रतिनिधिहरू समेत उपस्थिति जनाएका थिए ।

















