दार्चुला / दार्चुला जिल्ला नौगाड गाँउपालिकाका अध्यक्षले पार्टी भित्र र बाहिरका बिकास बिरोध तत्वहरु आत्तिएको जनाएका छन् ।
अहिले विकासको काम मा सक्रिय रुपमा क्रियाशील भएर काम गरिरहेको गाँउपालिकाको विकासको काम देख्न नसकेर पार्टीभित्र र बाहिरका तत्वहरु आत्तिएको गाँउपालिकाका अध्यक्ष प्रेम धामीले जनाएका हुन् ।
अध्यक्षका अनुसार उनका विकासका काम देखेर विभिन्न आरोप लगाउदै आएका छन् । उनले भने, ‘गाँउपालिकाको राम्रो काम देखेर अहिले मेरो विरुद्ध पार्टी भित्रबाट पनि षडयन्त्र भैरहेको छ । ‘
अध्यक्ष प्रेम धामिले नौगाड गाँउपालिकामा आफ्नो राजनीति भबिस्य नै सकिने देखेर अहिले पार्टी भित्र र बाहिरका ठुलो शक्ति मेरो विरुद्ध मिडिया लगाएर मेरो र गाँउपालिकाकै बेइज्जत गर्न खोजेको दाबी गरेका छन् ।
बिरोध गर्ने कुनै ठाँउ नभएको देखेर मेरो विरुद्ध लागेको उहाँ अध्यक्षको भनाइ छ । यदि कसैले जनताले मेरा विरुद्ध कुनै बिरोध नगर्ने अहिले बहिर बसेर विभिन्न प्रचार बाजि गर्न एउटा समूह नै बनाएर मलाई कमजोर बनाउने काम भैरहेको र यस्ता बिकास बिरोधि तत्वले मेरो बिरोध गर्दैमा म कमजोर होइन अझै शक्तिशाली बन्छु मेरो बिरोध कुनै जनताले गरेको होइन जनताले गरेको भए कमजोर हुने थिए तर मेरो बिरोध त बिकास बिरोध एउटा समुहले गरेको हो।

















