पुर्वमन्त्री राईद्धारा पिपीई सेट र एरोसोल बक्स वितरण

166

नेपालगन्ज – पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले बाँकेका एम्बुलेन्स चालकहरुलाई कोरोनाको संक्रमणबाट जोगिन अतिनै आवश्यक मानिएको व्यक्तिगत सुरक्षा कवच पीपीई सेट र चिकित्सकहरुलाई ऐरोसोल बक्स वितरण गर्नु भएको छ ।

साधारण मास्कको भरमा मात्रै विरामीहरुलाई ओसार पसार गरिरहेका बाँकेका एम्बुलेन्स चालकहरुले व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सामाग्रीको माग गरेकोले उनिहरुलाई विहिबार स्थानीयस्तरमै तयार गरिएको व्यक्तिगत सुरक्षा कवच पीपीई सेट वितरण गरिएको पुर्वमन्त्री राईले भन्नु भयाे ।

विहिबार २५ जना एम्बुलेन्स चालकहरुलाई सो व्यक्तिगत सुरक्षा कवच पीपीई सेट उहाँले वितरण गर्नु भएको हो । एम्बुलेन्स चालकहरुलाई वितरण गरिएको पीपीई सेटमा हरेकलाई एक थान पीपीई, एक थान सर्जिकल लामो गमबुट, एक थान टाउकोमा लगाउने सर्जिकल कभर, एक थान सर्जिकल मास्क र एकथान फेस शिल्ड रहेको थियो ।

जिल्लामा ४७ जना एम्बुलेन्स चालक रहेकोले अन्य बाँकी २२ जना चालकहरुका लागि पनि व्यक्तिगत सुरक्षा कवच पीपीई सेट तयार भैरहेकोले उनिहरुलाई पछि दिइने छ ।

विहिबार सो सुरक्षा कवचलाई रेडक्रस कोहलपुर शाखाको एम्बुलेन्स चालक मधु बोगटी र नेपालगन्जका एम्बुलेन्स चालक जान अलीलाई बुझाईएको पुर्वमन्त्री राईले  भन्नुभयाे ।

सोही प्रकारले सांसद तथा पुर्वमन्त्री राईले कोरोना भाइरसबाट संक्रमित भै गम्भीर अवस्थामा पुगेर भेन्टिलेटरमा उपचार गराईरहेका विरामीको उपचारमा संलग्न चिकित्सकलाई सहज हुने गरि तयार पारिएको पाँच थान ऐरोसोल बक्स पनि विहिबार वितरण गर्नु भयो । उहाँले नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालका लागि २ थान र नेपालगन्ज शिक्षण अस्पतालका लागि ३ थान गरेर ५ थान एरोसेल बक्स नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाई, सोही अस्पतालका क्रिटिकल केयर विभागका प्रमुख डा. नविन कुमार रेग्मी र सोही अस्पतालका फिजिसियन डा. आसिम किदवाईलाई हस्तान्तरण गर्नुभयो ।

नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले कोरोनाको संक्रमणबाट भेन्टिलेटरमा उपचार गराईरहेका विरामीको उपचारमा संलग्न चिकित्सकका लागि ऐरोसोल बक्स निकै महत्वपूर्ण रहेको जनाउनु भयो ।

शुक्रवार ३ थान ऐरोसोल बक्स भेरी अस्पताल र २ थान ऐरोसोल बक्स खजुरा क्यान्सर अस्पताललाई हस्तान्तरण गरिने पनि पुर्वमन्त्री राईले भन्नुभयाे ।

यसअघि उहाँले आफ्नो निजि बजेटबाट जिल्ला भरि मास्क वितरण गर्नु भएको थियो भने नगरभरि औषधी छर्केर सहरलाई नै सेनिटाइज गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here