काठमाडौं / प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिल अध्यक्षका रुपमा भगवान कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले निवासमै मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । १२ बजेपछि बसेको मन्त्रिपरिषद् बैठक झन्डै डेढ घन्टासम्म बसेको थियो ।
मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।
मन्त्री परिषद् बैठकले गरेका अरु निर्णयहरु भने सार्वजनिक गरिएको छैन ।सरकारले हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै आएको छ ।