न्युजिल्यान्डविरुद्धको टी–२० सिरिज भारतले जित्याे

49
Indian players celebrate with the winners trophy after their win in the third T20 cricket match against New Zealand in Ahmedabad, India, Wednesday, Feb. 1, 2023. India won the series 2-1. (AP Photo/Ajit Solanki)

काठमाडौं । न्युजिल्यान्डविरुद्धको टी–२० सिरिज भारतले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बुधबार राति भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतले पाहुना टोली न्युजिल्यान्डलाई एक सय ६८ रनले हरायो । भारतको टी–२० इतिहासमा यो सर्वाधिक ठूलो अन्तरको जित हो

यससँगै भारतले सिरिज २–१ ले जितेको छ । भारतले दिएको दुई सय ३५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२।१ ओभरमा सवै विकेटको क्षतिमा ६६ रनमा समेटिएको थियो । न्युजिल्यान्डका लागि ड्यारियल मिचेलले ३५ रकप्तान मिचेल स्यान्टेनरले १३ रन बनाउनुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सक्नुभएन । पाहुना टोलीलाई सस्तैमा समेट्न भारतका हार्दिक पाण्डेयले चार विकेट लिनुभयो । अर्शदिप सिंह, उमरान मल्लिक र शिभम माभीले दुई दुई विकेट झार्नुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय ३४ रन बनाएको थियो । भारतका लागि शुभमन गिलले अविजित एक सय २६ रन बनाउनुभयो । राहुल त्रिपाटीले ४४, हार्दिक पाण्डेयले ३० र सूर्यकुमार यादवले २४ रन बनाउनुभयो ।

बलिङमा न्युजिल्यान्डका माइकल ब्राकवेल, ईस सोधी, बिएर टिक्नर र ड्यारियल मिचेलले एक एक विकेट लिनुभयो । यसअघि पहिलो खेलमा न्युजिल्यान्डले भारतलाई २१ रनले हराएको थियो । दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here