संसदमा मेलम्ची खानेपानी आयोजनाबारे मन्त्री विना मगरलाई प्रश्न

173

काठमाडौँ । शुक्रबार संसदमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा कसैको गिद्दे नजर पर्न नदिने जनाएकी छन् ।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको विषय भएको र उपत्यकाबासी जनताका लागि मेलम्ची आयोजना महत्वपूर्ण भएकोले गिद्धेनजर पर्न नदिने जनाएकी हुन् ।

मेलम्चीको पानी काठमाडौँ ल्याउन ठेकेदार कम्पनीलाई नै जिम्मा दिने आफ्नो पहिलो प्राथमिकता रहेको जनाउदै सचिवले त्यसअनुसार काम नगरेकाले सरुवा गरेको समेत जानकारी दिइन् ।

सांसदहरुले  हालै सरुवा गरिएका सचिव गजेन्द्र ठाकुरले मन्त्रीले कमिसन खान खोजेको आरोप लगाएका विषयमा गरिएको प्रश्नमा मन्त्री मगरले आफूले नभई सम्बन्धित व्यक्तिले नै जवाफ दिनुपर्ने जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here