तिजलाई लक्षित गर्दै जापानमा ‘तेश्रो नवलपरासी तीज धमाका’ कार्यक्रम

189

-बिश्वास आचार्य

टोकियो / हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले ‘तेश्रो नवलपरासी तीज धमाका’ कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।

नवलपरासी समाजले अगष्त २६ तारिक टोकियोको नाकानो जिरो हलमा तिज कार्यक्रममा गर्ने एवं उक्त तिज कार्यक्रममा नेपालका लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर ,सुनिता दुलाल सगै जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुर्य खड्का ,गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक समुन्द्र राज पौडेल ,गायिका सोना के।सी,निशा क्षेत्रीको प्रस्तुति रहने जनाएको छ ।

कार्यक्रमलाई भव्य र सब्बे बनाउनका लागी जापानमा रहनुहुने सबै नेपाली समुदाय लाई कार्यक्रम मा उपस्थित भैई कार्यक्रम सफल गराई दिनको लागि नवलपरासी समाज जापानका अध्यक्ष गोपाल कण्डेलले अनुरोध गर्नु भएकोछ साथै कार्यक्रम को तयारी पनि पुरा भैई नेपाल बाट कलाकार हरु टोकियो आईसकेको जानाकारी दिनु भएकोछ ।

टोकीयोमा छरीएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुलाई कार्यक्रममा उपस्थीत भई कार्यक्रम सफल पारिदिन कार्यक्रम संयोजक गिता कंडेल अनुरोध गर्नुभयो।

स्मरण गराउदै नवलपरासी समाज जापानले जापान सगैं नेपालको बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आईरहेको जनाउदै तिज धमाका कार्यक्रम सबै टोकीयोमा छरीएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरु भोली २६ तारिक सोमबार को दिन टोकियो नाकानो जेरो हलमा दिनको ३ बजे देखी १० बजे सम्म उपस्थित भैई हामीलाई अझै हौसला बढाई दिन उपाध्यक्ष बासु बास्ताकोटीले सबैलाई अनुरोध गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here