सुनको भाउ दिनहुँ बढ्ने क्रममा , तोलाको ७३ हजार ५ सय

241

 काठमाडौं  / सुनको भाउ आजपनि आज पनि बढेको छ । नेपाली बजारमा सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ ।

आज छापावाल सुनको भाउ १ तोलाको ७३ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि हिजो आइतबार १ तोलाको ७२ हजार ५ सय कायम थियो भने आज सोमबार आइतबारको तुलनामा १ हजारले बढेको हो । आज चाँदीको भाउ भने तोलाको ८६० मा विक्री भईरहेको छ।

दिनदिनै सुनको भाउले ऐतिहासिक विन्दू कायम गर्न थालेपछि सुन ब्यापारमा भने मन्दी छाएको छ । चाडवाडको सिजन सुरु हुँदै गर्दा भरिभराउ हुने सुनपसलहरु सुनसान देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here