उपत्यकामा थपिए ३२६ संक्रमित

67

काठमाडाैं – काठमाडाैं  उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दैनिक रुपमा बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप ३२६ जना नयाँ संक्रमित भेटिएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भनेको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २९१, ललितपुरमा २० र भक्तपुरमा १३ जना संक्रमित थपिएका  हुन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा मुलुकभर ९७९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसंगै देशभर संक्रमितको कूल संख्या ४७ हजार २३६ पुगेको छ ।

पछिल्ला दिनमा राजधानीमा कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यकाका तिनै जिल्लामा निषेधाज्ञा लागू  गरिएको छ । यद्यपि संक्रमितको संख्या भने घटेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here