बम काण्ड शंकास्पद ! कर्मचारीसहित ६ जना पक्राउ

290

काठमाडौं / प्रहरीले ललितपुरको नख्खुस्थित एनसेल मुख्य कार्यलयमा भएको बम विष्फोटमा एनसेलका कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले घटनाको सुक्ष्म ढंगले अनुसन्धान सुरु गरिएको जनाएका छन् ।

प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेजमा एनसेलका गार्डहरुको शंकास्पद गतिविधि देखिएको छ । सिसिटिभी फुटेजमा मोटरसाईकलमा तीनजना माक्स लगाएका व्यक्ति कार्यालयमा प्रवेश गर्छन् । उनीहरु निस्किएपछि केही गार्डले बम जस्तो देखिने एउटा वस्तु बाहिर ल्याएर छाड्छन् । त्यसको केही समयपछि नै एनसेल कार्यालयमा बिष्फोट हुन्छ ।

कार्यालयमा माक्स लगाएका व्यक्ति प्रवेश गर्दा गार्डले उनीहरुलाई रोक्न नखोज्नु, शंकास्पद बस्तु बाहिर ल्याएर राख्नु, तर प्रहरीलाई खबर नगर्नुले विष्फोटमा एनसेल कर्मचारीकै संलग्नताको प्रहरीले आशंका गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here