बम विस्फोट प्रकरणमा घाइते सबैको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले व्यहोर्ने

189

काठमाडौं /  गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरेका छन् ।

भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर आज गृहमन्त्री थापाले चिकित्सकसँग सो आग्रह गरेका हुन् । विस्फोटबाट घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जनाएका छन् ।

उनले विस्फोटको घटना निकै दुखद भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिई कडा कारवाही गर्ने जनाउँदै  मृतकका परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

सोही विस्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गरुङप्रति गृहमन्त्री थापाले  समवेदना प्रकट गरे । विस्फोटका घाइते भेट्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत अस्पताल पुगेका थिए ।

ललितपुरको नख्खुस्थित एनसेलको टावर अगाडि अज्ञात समूहले शुक्रबार साँझ बम विस्फोट गराउँदा तीनजना घाइते भएका थिए ।

विस्फोटमा परी प्रतीक्षा खड्का, आयुषा मानन्धर र सिंहप्रसाद गुरुङ घाइते भएका थिए । घाइतेमध्ये गुरुङको उपचारका क्रममा गए राति निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here