काठमाडौं / वैदेशिक रोजगारीबाट फर्किएकाहरुले तोकिएको भन्दा बढि परिमाणमा सामानहरु ल्याए जफत गरिन थालेको छ।
यतिबेला यस विषयलाई लिएर चौतर्फी आलोचना भईरहेको छ । अर्थमन्त्री युवराज खतिवडाले यसलाई ठुलो बिषय बनाएको जनाएका छन् ।
उनले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको जनाउँदै सबैलाई उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान आग्रह गरेका छन् ।
विदेशबाट आउँदा ऐनअनुरुप १ लिटरभन्दा बढी ल्याउन नपाउने व्यवस्था रहे पनि यसअघि २ वटासम्म ल्याउन छुट दि इएको थियो। ऐनमा उल्लेख भएका कुरा थाहा नहुनेलाई यसअघि केही सामानमा छुट दिईएको थियो तर अब केही थाहा थिएन भने सुख पाईने छैन सामान जफत हुनेछ । ट्याबलेट, नयाँ ल्यापटप, कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभजस्ता इलेक्ट्रोनिक्स सामान पनि एक एक थान ल्याउन पाउने व्यवस्था छ।
जनवरीअघिसम्म यी सामानहरुमा कडाई गरिएको थिएन।त्यस्तै विदेशमा एक वर्ष काम गरी फर्केकाले एक पटकमा ३२ इन्चसम्मको एउटा टिभी ल्याउन पाउने व्यवस्था छ। व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुने गरेको छ। जसमा लुगा फाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औष धि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ। त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बु लेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउने व्यवस्था छ।
सुनको गहना पचास ग्रामसम्म,चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ।तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने कार्यालयले जनाएको छ।
यसैगरी कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भए त्यसको प्रमाणित गरी निजका परिवारले सवारी साधनबाहेक पुराना सामानहरु ल्याउँन पाउँनेछन् ।
जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ। त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा रा ख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउने व्यवस्था छ।सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ।तोकिएभन्दा बढी ल्या एमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने कार्यालयले जनाएको छ।
म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ । यसैगरी डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सकिन्छ । त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ।
यस बाहेक १० किलोग्रामसम्म खाद्य परिकार ल्याउन पाइने छ।


















