आफ्नो जन्मदिनमा आँपको बिरुवा रोप्दै प्रधानमन्त्री ओली

110

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आज विहान आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन्।

स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा प्रधानमन्त्री निवास बालुवाटारमा रोपेको सचिवालयले जनाएको छ। 

यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको अवसरमा अम्बाको बिरुवा रोपेकी   छन्।

प्रधानमन्त्री ओली २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए। जन्मोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here