नेपाली राष्ट्रिय टिमले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

178

काठमाडौं/नेपाली राष्ट्रिय टिमले मलेसियासँग मैत्रिपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मार्च २६ मा नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले मैत्रीपूर्ण खेल उसैको भूमिमा खेल्ने पक्का भएको छ । । मार्च महिनादेखि नै नेपाली टिमको मुख्य प्रशिक्षकको भूमिका निभाउने योहान कालिनको लागि यो खेल पहिलो हुनेछ । उनकै प्रशिक्षणमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपपछि अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन । बंगबन्धु गोल्डकपमा नेपालले प्यालेस्टाइन र ताजिकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । तर यसअघि अफगानिस्तानसँग पनि नेपालले मैत्रीपूर्ण खेल खेल्ने भनिएको थियो । भौतिक पूर्वाधारलाई मुख्य कारण देखाउँदै अफगानिस्तानले नेपालसँगको खेल रद्द गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here