नेपाललाई साफ च्याम्पियन बनाउँछु : नयाँ प्रशिक्षक स्वीडिस योहान कालिन

93

काठमाडौं/नेपाली राष्ट्रिय फुटबल टिम नयाँ प्रशिक्षक स्वीडिस योहान कालिनले नेपाललाई साफ च्याम्पियनसिप जिताउने जानकारी दिनु भयो । आवश्यक पर्ने कागजात मिलाउन काठमाडौं आएका उनले पत्रकारसँग कुरा गर्दै नेपाली खेलाडीहरुको प्रशंसा समेत गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार गरेको पत्रकार सम्मेलनको क्रममा उनले भने, ‘नेपाली खेलाडी प्रतिभाशाली छन् । यो दुई वर्षे अवधिमा नेपाली फुटबलको स्तर उक्सिनेछ ।’ ‘मेरो कार्यकालमा नेपाललाई साफ च्याम्पियन बनाउने’ लक्ष्ण रहेको जानकारी दिनु भयो ।

मैले अहिलेसम्म कुनै पनि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भएर कुनै टिम सम्हालेको छैन् यो मेरो एउटा अवसर पनि हो भने नेपाली फुटबल टिमको का लागि प्रगति गर्ने मौका छ । कालिन भन्छन्, ‘प्रेसर त छ तर, चुनौतीको सामना गर्न म तयार छु । मेरो लागि यो अवसर पनि हो ।’

उनले २०१० मा यूईएफएबाट लाइसेन्स लिएका थिए । त्यस्तै स्वीडेनको तेस्रो डिभिजन क्लबबाट उनले व्यवसायिक प्रशिक्षण सुरु गरेका थिए । २०७० सालमा शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबलाई प्रशिक्षण दिन उनी नेपाल आएका थिए । त्यसको करिब पाँच वर्षपछि उनी नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्न नेपाल पुगेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले उनीसँग भएको पारिश्रमिकको सम्झौताका बारेमा केही भन्न नमिल्ने बताउनु भयो । अध्यक्ष शेर्पाले भने ‘नेपाल सरकारसँगको श्रम स्वीकृतिविना केही भनिहाल्न मिल्दैन । सबै प्रक्रिया पूरा भएपछि तपाईहरुलाई जानकारी दिनु भयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here