गाडीभित्र शव भेटियो, चारजना पक्राउ

243

भक्तपुर/भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल घर भई आदर्श भन्ने ठाउँका २६ वर्षीय निकेश भुजुको शव भक्तपुर नगरपालिका–८ लिवालीमा बा ५च ६४२१ नम्बरको मारुती गाडीभित्र शंकास्पद अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी गरायो । शनिबार विहान ९ बजे ४ वर्षीय छोरासँगै घरबाट गाडी बनाउन (मर्मत) भन्दै घरबाट हिँडेका निकेश साँझ ६ बजेसम्म सम्पर्कमा नआएपछि श्रीमती सिर्जनाले महानगरीय प्रहरी वृत्त जगातीमा खबर गरेकी थिइन् । खोजतलासको क्रममा प्रहरीले करिब ७ बजे गाडी भित्रै निकेशलाई अचेत अवस्थामा फेला पारेको थियो । उनलाई भक्तपुर अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । खोजीर्का क्रममा केही व्यक्तिहरु निकेशको छोरालाईसमेत छोडेर गाडीमा भक्तपुर नगरपालिका–८ लिवालीतर्फ भागेको देखेपछि प्रहरीले पिछा गरेको थियो ।

प्रहरीलाई देखेपछि शंकास्पदरुपमा उनीहरु भागेपछि गाडीमा हेदा निकेश अचेत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले घटना शंकास्पद भएको भन्दै ४ जनालाई पक्राउ गर्न सफल भयो । प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङको हापुर गाउँपालिका–४ का १९ वर्षीय भुपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका–१ घर भइ चाँगुनारायण–९ ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र चाँगुनारायण–९ ताथलीकै सुकु भन्ने राज बनमाला रहेका छन् । मृतकले अत्यधिक लागूऔषध सेवन गरेको भनिए पनि उनीसँगैका व्यक्तिहरु भागेकोले घटना शंकास्पद भएको प्रहरी निरीक्षक पाण्डेले बताए । ‘घटना शंकास्पद छ । अस्पताल लैजान लागेको भए पनि उनीहरु नभाग्नुपर्ने,’ उनले बताएका
छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here