काठमाडाैं-जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्य लक्षित गरेकाे टिप्पणीप्रति प्रधानमन्त्रीकाे सचिवालयले आपत्ति जनाएकाे छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार प्रेस नाेट जारी गर्दै जनता समाजवादी पार्टी नेपालले जारी गरेकाे विज्ञप्तिकाे एक अंशप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका हुन्।
उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेकाे “…केपी ओली सरकारकाे कुनै ठाेस कार्ययाेजना नरहेकाे र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजाेर रहेकाे…” भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ।’
जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको बताएको थियाे। पार्टीको साउन २१ देखि २४ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निष्कर्ष निकालेको थियाे।

















