कागतीलाई चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर कागती विभिन्न स्वरुप र प्रकारमा खाइन्छ ।
कागती पानी अर्थात हट लेमन खाने बानी धेरैको हुन्छ । कागतीपानीको अत्यधिक सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । धेरै कागतीपानी खानुका बेफाइदा यस्ता छन् :
१) धेरै कागतीपानीको सेवनले दाँतलाई कमजोर बनाउने वा खियाउने गर्दछ । त्यसैले कागतीपानी पिउँदा बढि तातो बनाएर नपिउने र मुखमा धेरैबेर नराख्ने अर्थात् सर्लक्कै निल्ने गर्नुपर्छ ।
२) यदि तपाइँमा एसिडिटीको समस्या छ भने कागतीको सेवन एकदमै कम राम्रो अन्यथा यसले छाति तथा पेट पोल्ने तथा एसिडिटी बढाउने समस्या पैदा गरिदिन्छ ।
३) कागती खाना खाइसकेपछि खानाले पाचन क्रियामा असर गर्न सक्छ । त्यसबाट अपच, झाडापखला जस्ता समस्या हुनसक्छन् । त्यसैले कागती खानासँगै कागती खानुपर्छ ।
४) कागतीको अत्यधिक सेवनले शरीरमा क्रिस्टल बन्न सक्छ । जुन स्क्रिटल अक्जालेटका कारण मृगौला तथा पित्तथैलीमा पत्थरी पर्नसक्छ ।


















