नेपालमा ऐतिहासिक विमान दुर्घटनाक्रम – पहिलो घटना ६ अक्टोवर १९७३ मा

260

नेपाली आकाशमा यस्ता जहाज दुर्घटना कयौँ पटक भइसकेका छन् । नेपालमा एकै दिन दुईवटासम्म हवाइ दुर्घटना भएको इतिहास छ । यतिमात्र होइन, एउटै वर्ष दुईवटा विदेशी विमान दुर्घटनामा परेर २ सय ८० जनाको मृत्य भएको सम्मको इतिहास छ ।

नेपालमा हवाइ दुर्घटनाको पहिलो घटना ६ अक्टोवर १९७३ मा भएको थियो । नेपाल बायुसेवा निगमको क्यानडामा निर्मित डि एच सी सिक्स ट्वीनअटर थ्री हन्ण्ड्रेड नाइन नाइन एन एविजी लुक्ला विमनस्थलमा दुर्घटना भएको थियो । सो दुर्घटनामा चालक दलका तीन सदस्य र तीन यात्रु घाइते भएका थिए ।

नेपाल बायु सेवा निगमकै काठमाण्डौबाट लुक्लाका लागि उडेको अर्को विमान सन् १९९१ जुन ९ तारिखका दिन दुर्घटना भएको थियो । क्यानडामा बनेको डि एच सी सिक्स ट्वीनअटर थ्री हन्ण्ड्रेड नाइन एन एविए खराव मौषमका कारण दुर्घटनामा परेको थियो । सो दुर्घटनामा चालक दलका तीन र अन्य १४ यात्रुको ज्यान गएको थियो ।

३३१ जुलाई १९९२ मा थाइ एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार एक सय १३ जनाको ज्यान गएको थियो । थाइ एयर बसको ३०४ नम्बरको उक्त विमान काठमाण्डौ अवतरण गर्ने क्रममा पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।

अर्को विमान दुई महिना पछि अर्थात २८ सेप्टेम्बर १९९२ मा दुर्घटना भएको थियो । पाकिस्तान एयरलाइन्सको उक्त विमान दुर्घटनामा १६७ जनाको ज्यान गएको थियो । ए थ्री हण्ड्रेड एयर बस पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको थियो ।

सन् १९९५ जनवरी सत्र तारिखका दिन नेपाल बायु सेवा निगमको डि एच सी सिक्स ट्वीनएटर थ्री हन्ड्रेड नाइन एच ए वि आइ विमान काठमाण्डौबाट रुम्झाटार जाने क्रममा धावन मार्गमा रहेको खराबीका कारण दुर्घटनामा परेको थियो । सो दुर्घटनामा चालक दलका तीन सदस्य र एक्काइस यात्रु मध्ये एक जना चालक दलका सदस्य र एक यात्रुको मृत्यु भएको थियो ।

सेप्टेम्बर ५ १९९९ मा नेकोन एयरको वान हण्ड्रेड विमान पोखराबाट काठमाण्डौं आउनेक्रममा दुर्घटनामा परेको थियो । बी ए ई सेभेन फोर एट, फाइभ जेरो वान सुपर टुवी नाइन एन ए इ जी उक्त विमान दुर्घटनामा चालक दलका ५ र १० यात्रु गरी सबै १५ जनाको ज्यान गएको थियो ।

नेपाल टेलिकमको टावरमा ठोक्किएर विमान दुर्घटनाग्रस्त हुन पुगेको थियो । अर्को विमान दुर्घटना २५ मे २००४ मा काठमाण्डौबाट लुक्ला जाने क्रममा हुन पुगेको थियो । यति एयरलाइन्सको डि एच सी सीक्स थ्री हन्ड्रेड नाइन एन एफ डी ट्वीनएटर सो विमान लुक्ला विमानस्थल नजिकै खराव मौषमका कारण लाम्जुरा पहाडमा ठोकिएर दुर्घटनामा परेका थियो । यात्रु नरहेको सो विमान दुर्घटनामा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो ।

सोही वर्ष अक्टोबार १ मा अर्को विमान दुर्घटना भएको थियो । सिता एयरवेजको डोर्नियर टु हन्ड्रेड ट्वान्टीएट विमान लुक्ला विमनस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो । विमानको अघिल्लो गियर फसेका कारण सो दुर्घटना भएको थियो भने दुई दिन सम्म विमानस्थलको धावन मार्ग नै अवरुद्ध बन्न पुगेको थियो ।

अर्को विमान दुर्घटना २००५ जुन ३० का दिन भएको थियो । गोरखा एयरलाइन्सको सो डोर्नियर टु हन्ड्रेड ट्वान्टीएट विमान लुक्ला विमानस्थलमा धावनमार्गमा धसिएर दुर्घटनाग्रस्त हुन पुगेको थियो । चालक दलका तीन र त्यसमा सवार नौ जना यात्रु दुर्घटनामा घाइते हुन पुगेका थिए । २००८ अक्टोवर आठमा अर्को विमान दुर्घटनाग्रस्त हुन पुग्यो ।

यति एयरलाइन्सको सो विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुन पुगेको थियो । अवतरणका क्रममा आगलागी भएपछि विमानमा सवार अठार जनाको मृत्यु भएको थियो भने चालकलाई भने शकुशल उद्धार गरिएको थियो ।

सो वर्षको डिसेम्बर २८ का दिन अर्को विमान दुर्घटना हुन पुग्यो । नेपाल बायु सेवा निगमको सो ट्वीनएटर डि एच सी सिजी थ्री हन्ड्रेड नाइन एन ए वि एम विमान उडान भर्ने क्रममा दुर्घटनामा परेको थियो ।

अर्को विमान दुर्घटना २०१० अगष्ट २४ का दिन भयो । अग्नी एयरका सो विमान मकवानपुरमा दुर्घटनाग्रस्त भएको थियो । सो विमान दुर्घटनामा विमानमा सवार १४ जनाको ज्यान गएको थियो । त्यस्तै अर्को विमान सोही वर्षको डिसेम्बर १६ मा भयो । लामिडाँडाँबाट काठमाण्डौ आउँदै गरेको तारा एयरका उक्त विमान ओखल ढुङ्गाको श्रीचौर नौ मानेडाडाँमा ठोक्किएर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा बाइस जना भुटानी नागरिकले ज्यान गुमाएका थिए । ट्राभल एजेन्सीमा नेपाली नाममा दर्ता गरेर भ्रमणमा गएका भुटानीहरु दुर्घटनामा परेपछि केही समय अन्यौल उत्पन्न भएको थियो ।

अर्को दुर्घटना २०११ सेप्टेम्बर २५ का दिन ललितपुरको विशंखु नारायणमा भएको थियो । बुद्ध एयरको सो विमान दुर्घटनामा विमानमा सवार सबै १९ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै अर्को दुर्घटना २०१२ को मे महिनामा भएको थियो । मे १४ मा अग्नी एयरको डोर्नियर विमान जोमसोमबाट पोखरा आउने क्रममा विमानस्थल नजिकैको डाँडामा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्य सहित सबै १६ यात्रुको ज्यान गएको थियो ।

नेपालमा विमान दुर्घटनाको इतिहासमा अर्को दुर्घटना २८ सेम्टेम्वर २८ २०१२ मा भक्तुपुरको मनोहरामा भएको थियो । सिता एयरको नाइन एन ए एच ए डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट सोलुको लुक्लाका लागि उडेको केहीबेरमै मध्यपुर ठिमी नगरपालिका सोह्रस्थित मनोहरा किनारमा खस्दा विमानमा रहेका सबै १९ जनाको मृत्यु भएको थियो ।

त्यस्तै १६ मे २०१३ मा नेपाल बायुसेवा निगमको ९ एन ए बी ओ विमान जोमसोम विमानस्थल दुर्घटना हुँदा छ जना घाइते मात्र भएका थिए ।

सन् २०१४ मा काठमाडौँबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको ९ एन एबिबी ट्विनअटर विमान अर्घाखाँचीको खिदिममा दुर्घटना भएको थियो । अर्घाखाँची सदरमुकामबाट ३० किलोमिटरको दुरीमा रहेको खिदिममा विमान दुर्घटना हुँदा विमानमा चालक दलका ३ सदस्य, १ बालकसहित १५ यात्रु गरी १८ जना को ज्यान गएको थियो ।

२०१५ – तारा एयरको विमान (सोलुघोप्टे, २३ को मृत्यु) तारा एयरको विमान म्याग्दीमा दुर्घटनाग्रस्त भएको छ । २४ फ्रेबूअरी २०१६ मा तारा एयरको फ्लाइट–१९३ दुर्घटना हुँदा चालक दलका ३ सदस्य, दुई बालकसहित २३ जनाको मृत्यु भयो । सोही वर्षको अगस्टमा सुत्केरी सहित शिशु बोकेको फिसटेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा पाइलट सहित ७ जनाको ज्यान गयो।

२४ सेप्टेम्बर २०१६मा यति एयरलाइन्सको फ्लाइट–८९३ गौतम बुद्ध एयरर्पोटको रनवेमा सामान्य दुर्घटना भयो। प्लेनमा सवार २९ यात्रु सहित चालक दलका तीन सदस्य सकुशल रहे।

युएस-बङ्गला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने बाँकी २० जना घाइते भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here