ग्लोबल आइएमई बैंकमा आगलागी

259

चितवन /  ग्लोबल आइएमई बैंकमा बिहीवार अपराह्न ३ बजे आगलागी भएको छ । नारायणगढको शहीदचोकस्थित बैंकमा आगो लागेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको जनाइएको छ । स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here