बार्सिलोना फाइनलमा पुग्यो

150

एजेन्सी/चर्चित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउँदै स्पेनिस पावर हाउस बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । रियलको उसैको मैदानमा बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले ३–० गोलले हराउन सफल भयो । बार्सिलोना समग्रमा ४–१ गोलले विजयी भयो । यसअघि बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बार्सिलोनाको सानदार जितमा लुइस स्वारेजको दुई गोल गरे । स्वारेजले ५०औं मिनेटमा खाता खोलेका थिए । ६९औं मिनेटमा बल बचाउने क्रममा रियलका राफेल भरानले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो । त्यसपछि ७३औं मिनेटमा बार्सिलोनाले पेनाल्टी मार्फत अर्को गोल थपेको थियो । रियलका क्यासेमिरोले स्वारेजलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई स्वाारेज आफैले सदुपयोग गरे । खेलमा केही राम्रा मौका पाएपनि कप्तान लियोनल मेस्सीले गोल गर्न सकेनन् । यस जितसँगै बार्सिलोनाले लगातार छैटौं पटक फाइनल यात्रा तय गरेको छ । लगातार चार पटक उपाधि जितेको बार्सिलोना पाँचौ उपाधि जित्ने दाउमा छ ।फाइनलमा बार्सिलोनाले भ्यालेन्सिया र रियल बेटिसबीचको विजेतासँग खेल्नेछ । भ्यालेन्सिया र बेटिस आजै (बिहिबार) राति भिड्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here