ऊर्जा मन्त्री वर्षमान पुन अचेत अवस्थामा !

194

काठमाडौं / ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अचेत अवस्थामा  अस्पताल भर्ना भएका छन् ।

मन्त्री पुनलाई अचेत भएपछि साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् । मन्त्री पुनको परीक्षण सुरु भएको र थप विवरण आउन बाँकी रहेको उनले जनाए ।

नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीका अनुसार मन्त्री पुनलाई अस्पतालको सीसीयुमा भर्ना गरिएको छ ।

मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि अस्पताल पुगेका छन् भने सभामुख कृष्णबहादुर महरा, वनमन्त्री शक्ति बस्नेत, कानूनीमन्त्री भानुभक्त ढकाल, पूर्वगृहमन्त्री जनार्दन शर्मालगायत नेताहरूले पनि केहीबेर अघि मात्रै अस्पताल पुगेर मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here