महाशिवरात्री तथा सेना दिवस २०७५’को उपलक्ष्यमा नेपाली सेनाले जंगी अड्डा परिसरमा नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म भन्ने थिममा आधारित ‘नेपाली सेना सम्बन्धी वृहत् प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच उद्घाटन गरेका छन्।
यही फागुन १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विषेश फौज, खेलकुद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, शान्ति सेना, नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध फोटोहरु समेत प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनी सर्वसाधारणहरुको लागि समेत निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
यस किसिमको प्रदर्शनीले नागरिक–सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत पुग्नुको साथै उक्त प्रदर्शनी सर्वसाधारण व्यक्तिको लागि रोचक र ज्ञानवर्धक हुने विश्वास नेपाली सेनाले लिएको छ ।


















