एनसेलमाथि कारवाही गर्नुको कारण खोल्दै विप्लवले कान्तिपुर र नागरिकमाथि यस्तो आरोप लगाए

175

काठमाडौं / नेकपाका महासचिव नेत्र चन्द विप्लवले एनसेलमाथि कारवाही प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्दै कान्तिपुर दैनिक र नागरिक दैनिकले आफ्रहरु विरुद्ध गलत समाचार प्रकाशित गरेर भ्रम सृजना गर्न खोजेको आरोप लगाएका छन् । उनले भनेका छन् – ‘ कान्तिपुरले हाम्रो कारबाहीलाई हिंसात्मक, गैर–कानुनी, अवैधानिक भन्दै यस्तो गर्न नपाइने, अस्वीकार्य भएको, राज्यको सुरक्षा प्रणाली कमजोर भएको, हामीलाई कारबाही गर्नुपर्ने भन्ने समाचार लेखेको छ भने नागरिकले चन्दा नदिएकोले बम हानेको भनेर समाचार छापेछ ।’ हाम्रो पार्टीले जनताको पसिनाबाट जम्मा हुने खरबौँ रुपियाँ घोटाला गरिरहेको एनसेलमाथि प्रतिनिधिमूलक कारबाही गरेको दाबी विप्लवको छ । उनले एनसेलमाथि कारबाही गर्दा परिस्थितिजन्य भवितव्यका कारण एक नागरिक सिंहप्रताप गुरुङको निधन हुन पुगेको र अरू दुईजना घाइते भएकोमा दुःख व्यक्त् गरेका छन् । त्यसपछि जे–जस्ता प्रचार भएका छन्, स्पष्टताका लागि भन्दै आफ्नो धारणा आजै शनिबार  यसरी प्रस्तुत गरेका छन् :

नेपालको अर्थतन्त्रमा एनसेलले लामो समयदेखि लुट मच्चाउँदै आएको आम जनतामा स्पष्ट नै छ । हालसम्म उसले सरकारी प्रमाणअनुसार पनि एक खरब बराबर कर छली गरिरहेको छ भने खरबौँ मुनाफा विदेश पलायन गरिसकेको छ । पार्टीहरूलाई घुस खुवाएर, नेताहरूलाई भ्रष्ट पारेर, कैंयन बेला न्यायक्षेत्रलाई समेत प्रभावमा पारेर आर्थिक भ्रष्टीकरणमा असीमित प्रकारले बढावा दिएको छ । एनसेलले यस्तो नगरोस् र उसलाई उचित कारबाही हुनुपर्छ भनेर पार्टीले सुरुदेखि नै भन्दै आएको थियो । समस्या हल गर्नुको सट्टा उल्टो जनसरकार र पार्टीलाई धम्की दिने, प्रहरी प्रशासनलाई दुरूपयोग गर्ने, राज्यलाई टुप्पीमा समाएर आफ्नो स्वार्थमा घुमाउने गरेकोले जनताको मागअनुसार पार्टीले यो कारबाही गरेको हो । यो कारबाही एउटा चेतावनीकै रूपमा हो । उसले कमजोरी नसच्याएमा देशबाटै बर्खास्त गर्नु सही हुनेछ । कारबाहीको क्रममा नख्खुको विष्फोटमा सिंहप्रसाद गुरुङ निर्दोष नागरिकको ज्यान गएको र दुईजना घाइते हुनुभएकोमा भने पार्टी गम्भीर भएको छ । कारबाहीमा कुनै नागरिकको ज्यानलाई क्षति नहोस् भन्नेमा पार्टी सचेत हुँदाहुँदै कारबाहीमा गुरुङजीको दुःखद् निधन हुनु र प्रतिक्षा खड्का, उरुषा मानन्धरहरू घाइते हुनु धेरै दुःखको कुरा हो । उहाँहरूको परिवारको दुःखमा संवेदना प्रकट गर्दछौँ । साथै, उहाँहरूको दुःखमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ । आइन्दा कारबाहीमा यस्तो गल्ती हुन नदिन हामी हदैसम्म सतर्क हुनेछौँ भन्ने पनि अनुरोध गर्दछौँ । तर, राज्य सरकारले परिस्थितिबश एकजना नागरिकको मृत्यु भएको दुर्घटनालाई वहाना बनाएर देशलाई असीमित घाटा पु¥याइरहेको एनसेलमाथि गरिएको न्यायपूर्ण कारबाहीलाई अपराधसँग जोड्न खोजेको छ र क्रान्तिकारीमाथि दमन गर्न खोजेको छ । अर्कोतिर कान्तिपुरले हाम्रो कारबाहीलाई हिंसात्मक, गैर–कानुनी, अवैधानिक भन्दै यस्तो गर्न नपाइने, अस्वीकार्य भएको, राज्यको सुरक्षा प्रणाली कमजोर भएको, हामीलाई कारबाही गर्नुपर्ने भन्ने समाचार लेखेको छ भने नागरिकले चन्दा नदिएकोले बम हानेको भनेर समाचार छापेछ । यी सबै प्रचारहरू देश र जनताको अधिकार एवम् मुक्तिका लागि दिन–रात खटिरहेका क्रान्तिकारीहरूलाई बद्नाम गर्ने, दमन गर्ने, गराउने र एनसेलले गरेको खरबौँको लुटलाई रक्षा गर्ने षड्यन्त्रसँग सम्बन्धित छन् । यसप्रति भने सबै नागरिकहरूको ध्यान जान आवश्यक छ ।

एनसेल केन्द्रीय कार्यालयमा गरिएको विष्फोट कसैको ज्यान लिनेसँग सम्बन्धित कारबाही थिएन र होइन । सिंहप्रतापको कुरै नगरौँ, एनसेल व्यवसायी र कर्मचारीसम्मलाई नै पनि निशानामा राखिएको थिएन । सम्भवतः यो कुरा युद्धमा भाग लिएका, सैन्यज्ञान भएका, लडाइँको जानकारी राख्ने जो कसैले सहजै बुझ्ने कुरा हो । तथापि सिंहप्रतापको निधन हुनु र अन्य दुई नागरिकहरू घाइते हुनु दुःखद् कुरा पक्कै हो । तर, यो नितान्त परिस्थितिजन्य भवितव्य, कारबाही दललाई समेत अनुमान नभएको दुर्घटना भएकोलाई सबैले जस्ताको तस्तै बुझिदिनुपर्दछ । मृतक र घाइतेप्रति के सहयोग गर्न सकिन्छ, त्यसमा हाम्रो पार्टी तयार नै छ । तर, सरकारले जसरी एनसेलको खरब बराबरको अपराधलाई सहायक बनाएर बम विस्फोट र मृत्युलाई मुख्य बनाउन खोजेको छ, यो एकदमै दुराशयपूर्ण एवम् षड्यन्त्रपूर्ण छ । यस पहिले विभिन्न सञ्चारमाध्यममा एनसेलले पार्टी, नेता र कर्मचारीलाई अरबौँ घुस खुवाएर कर छली गरिरहेको, देशलाई लुट्दै उल्टै दम्भी फूर्ति हाँकिरहेको समाचार छापेकै थिए, जो सत्यको थिए । यसलाई बङ्ग्याएर हाम्रो पार्टीमाथि दमन गर्ने जुन खेल सरकारले चाल्दै छ, यो केवल कमिसन खाइसकेका विभिन्न संस्था, व्यक्तिहरूको जनघाती, राष्ट्रघाती कूकर्मलाई ढाकछोप गर्ने र एनसेललाई बचाउने दुर्नियत मात्र हो । यसमा पार्टी एकरत्ति पनि विचलित हुनेछैन ।

अर्को कुरा, एनसेलमाथि कारबाही भएपछि सुरुमा नागरिक पत्रिकाले चन्दा नदिएकोले बम विस्फोट गराएको भन्ने अत्यन्त घृणित एवम् अपराधिक समाचार छाप्यो । यसप्रति पार्टी गम्भीर भएको छ । राजनीतिक पार्टी त्यो पनि दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न चाहने पार्टीले चन्दा माग्ने नमाग्ने उसको पूर्ण अधिकार हो । त्यो मात्र होइन, जनसत्ता र जनसरकारसमेत बनिसकेको स्थितिमा नयाँ सत्ता र सरकारले कुनै पनि व्यवसायीलाई उसका समर्थक जनता र कार्यकर्तामा बजार चलाएबापत् करसमेत तोक्ने अधिकार राख्छ । साथै, एनसेलले जनसत्तालाई पनि उचित कर बुझाओस् भनेर जनसरकारले पनि आफ्नो नीति सार्वजनिक गरिसकेको हो । तर, चन्दाको कुरामा एनसेलले जनता र देशका विरुद्ध गरेको खरबौँको आर्थिक घोटाला, पुँजी पलायनलाई सघाउ पु¥याउने गरी नागरिकले विषयान्तरण गर्नु, त्यसमा पनि क्रान्तिकारी पार्टीलाई अवराधीजस्तो प्रचार गर्नु एनसेलको मतियारको चरित्र होइन १ नागरिकले यस्तो अपराधलाई रक्षा गर्ने र राष्ट्रको पक्षमा संघर्ष गर्ने शक्तिलाई अपराधी भन्न खोज्ने हो भने स्थिति के हो र के हुने हो रु त्यसैगरी, १३ गते कान्तिपुरले कर छली गर्नेलाई कारबाही गर्ने कानूनी निकाय छन्, अवैध तरिका र हिंसात्मक कारबाही स्वीकार्य हुन सक्दैन भनेर हाम्रो पार्टीविरुद्ध कारबाहीको माग गरेर समाचार र सम्पादकीय लेखेछ । कान्तिपुर कैलाश सिरोहियाले चलाएको, भारतको योजनामा प्रचार गर्ने र पैसा कमाउने पत्रिकामा बद्नाम हुँदै गएको छ । यसले नै हो एनसेलका विरुद्ध भ्रष्टाचार र कर छली ग¥यो भनेर अभियान चलाएको । त्यसबेला पनि प्रचार आएको हो, कान्तिपुरले माग गरेको करोडौँ एनसेलले नदिएपछि कान्तिपुर एनसेलविरुद्ध धोती कसेर निस्किएको हो । घटनाले के सावित गर्दैछ भने एनसेलले कान्तिपुरको मुखमा सायद गुलियो चटाइदिएको छ । त्यही गुलियोको स्वादमा उसले को बैध र को अबैध, कसलाई कारबाही गर्ने अधिकार छ र कसलाई छैन, कुन कारबाही स्वीकार्य छ र कुन छैन भनेर वक्वक् गर्न पुगेको छ । कान्तिपुर, नागरिकले के बुझ्नु राम्रो हुन्छ भने हाम्रो पार्टीको कारबाही कर छली र भ्रष्टाचारको पैसा बाँडिखान नपाएको झोकमा पत्रिका रङ्ग्याउने र भाग पाएपछि कालोलाई सेतो र सेतोलाई कालो लेखेजस्तो मिडिया तस्करी गर्ने धन्दा होइन । प्रायः पार्टी, नेताहरूले पैसा खाएर एनसेल, ठूलो जहाज, बुढीगण्डकी, माथिल्लो कर्णाली, अरुण तीनलगायतका दर्जनौँ राष्ट्रघाती कार्यमा प्रायः पार्टी र उनीहरूका नेताहरूले अरबौँ, करोडौँ खाएर मुखमा बुजो लगाएर बसेको कान्तिपुर, नागरिकलाई थाहा छैन १रु अनि उनीहरूबारे केही व्यङ्ग्य गरेर आफ्नो स्वार्थ पूरा गर्न मात्र मिल्छ रु ‘जो मूली उही सूली’ भएपछि तिनलाई कारबाही कसले गर्ने हो त रु उनीहरूको जनघाती, राष्ट्रघाती कार्यले देश र जनतालाई पु¥याएको क्षतिप्रति को जवाफदेही हुन्छ रु के देश नै डुब्दा पनि पत्रिकाको प्रचार सुनेर चुपचाप दुलोमा लुकेर सम्भव हुन्छ १

बीबीसीले प्रश्न गर्दा सोध्यो कि दुःख व्यक्त गरेर, गल्ती भयो भनेर गएको ज्यान फिर्ता आउँछ रु हाम्रो भनाइ ज्यान फिर्ता आउँछ, ज्यान जानु ठूलो कुरा होइन, जे भयो होस् भन्ने कदापि होइन । हामीले कमजोरीहरूलाई सच्याउनैपर्छ तर बीबीसीले पनि के बुझ्न जरुरी छ भने एनसेलले खरबौँ नेपाली जनताको पैसा लुट्दा, भ्रष्ट तत्वहरूले देशमाथि दर्जनौँ राष्ट्रघात गर्दा कति नेपालीको जीवन गयो रु एकजना होइन, हजारौँको ज्यान गएको छ , हाम्रो त दुःखद् दुर्घटना हो तर एनसेल र भ्रष्ट तत्वहरूको त हाकाहाकी हमला हो, के ती गरिब नेपालीको ज्यान फिर्ता आउँछ त रु१ के देश नै बर्बाद भयो अनि देश फर्केर आउँछ त रु सारा देश टाट पल्टिँदा के फर्केर आउँछ त रु पक्कै पनि आउँदैन । हामी देश र जनताप्रति पूरै इमानदार छौँ र क्रान्ति केवल उनीहरूकै लागि हो । संघर्षमा केही गल्ती हुन्छन् भने त्यसलाई सच्याउँछौँ तर के एनसेल र भ्रष्ट तत्वहरू देश र जनताप्रति इमानदार छन् रु के उनीहरूले जानीबुझी अपराध गरिरहेका छैनन् रु अनि वास्तविक अपराधीभन्दा हामीलाई समस्या बनाउन मिल्छ रु हामी प्रष्ट भन्छौँ, जसले जे भने पनि अपराधीलाई छुट दिँदैनौँ र दिनुहुँदैन । कारबाही एनसेललाई मात्र होइन, त्यसलाई संरक्षण गर्ने, ऊसँग साँठगाँठ गर्नेलाई पनि हुनुपर्छ । यसमा सबै सचेत भए हुन्छ । फेरि पनि हाम्रा प्रतिबद्धता छ कि देशलाई लुट्ने र जनताको रगतमाथि भ्रष्टाचार गर्ने तत्वहरूलाई कडा दण्ड दिनुुको विकल्प जनतासँग छैन । दलाल पुँजीवादी सत्तालाई समाप्त पार्नु र वैज्ञानिक समाजवाद स्थापनामा गर्नु सभ्य नागरिकहरूको अधिकार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here