प्रधानमन्त्रीद्वारा दार्चुला जिप दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त

82

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

उनले ट्वीटमार्फत दार्चुलाको राताकाठामा भएको दुर्घटनाका एकमात्र घाइते जिप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।

शुक्रबार राति दार्चुलाको राताकाठामा भएको सो जिप दुर्घटनामा सात पुरुष, तीन महिला र एक बालिका गरी ११ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here