नेपाल मेडीसिटीमा अस्पतालजन्य फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न

193

काठमाडौं / नेपाल मेडीसिटी अस्पतालले बायोमेड इन्टरनेशनलसंगको सहकार्यमा अस्पतालजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख वक्ता जेफ स्क्वाली, इकोड्यासका अध्यक्षले अस्पतालजन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण देखिए तापनि सहि ढंगले काम गर्न जाने सुरक्षीत रहेको उहाँले जनाउनु भयो । उहाँले नविन ढंगले अघि बढ्न जरुरी रहेको र यसमा सरकारी तथा सम्बन्धित निकायसंग विशेष छलफल आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, स्वास्थ्य विभागकी श्रृजना श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका डा.दिपेन्द्र रमण श्रेष्ठ लगायतका वक्ताहरु रहनुभएको अन्तरक्रियात्मक कार्यक्रममा विशेषत: नयाँ प्रविधिको प्रयोगले संक्रमणरहित तरिकाले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल भयो ।

त्यस्तै कार्यक्रममा यस क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको उपस्थिती रहेको थियो । यस क्षेत्रका विशेषज्ञहरुमाझ पछिल्ला समसामयीक समस्या तथा ती चुनौतीहरुका निदान खोज्ने विषयमा छलफल गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here