काठमाडौं जिल्ला जे.के.एस. शोतोकान रियो कराते डो संघको अध्यक्षतामा रोहित राना मगर चयन

252

 काठमाडौं /  राष्ट्रिय खेलकुद परिषदले युवा तथा खेलकुदलाई प्राथमिक्ता दिने प्रतिबद्धता दिँदै आएको छ। युवा खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा राष्ट्र र राष्ट्रियताको नाम उच्च पार्न सफल र सवल बनुन् भन्दै यस  संघ तथा संगठन बिस्तार पनि हुंदै आएको छ ।

यसै बिच  काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपानेको रोहवरमा ७ सदस्य रहेको  काठमाडौं जिल्ला जे.के.एस. शोतोकान रियो कराते डो संघ गत पौष १७ गते गठन भएको काठमाडौं जिल्ला अध्यक्ष रोहित राना मगरले जनाउनु भयो ।

गठन भएको  यस  संघका अध्यक्ष रोहित राना मगर रहेका छन् । त्यस्तै उपाध्यक्षहरुमा रोहन बुडा मगर र झलकराज आलेमगर रहेका छन ।

संघमा प्रलाद चौलांगाई सचिब,मानिमायां लामा कोषाध्यक्ष,उपेन्द्र चौलागांई र मोहन भण्डारी श्रेत्री सदस्य रहेका छन।

संघले आफ्नो कार्यकालमा बिभिन्न कार्यक्रमहरु गर्दै यस क्षेत्रलाई उल्लेखनिय योगदान पुर्याउने लक्ष्य राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here