प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलासिस सकियाे, भेटघाटमा कडाइ

92

काठमाडौं / सामान्य अस्वस्थताका कारण ग्रान्डी अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सो अस्पतालमा डायलासिस गरिएको बुझिएको छ ।

बुधबार  प्रधानमन्त्रीलाई उपचारार्थ ग्राण्डी लगिएको थियो । बुधबार पनि उहाँको डाइलासिस भएको खुलासा भएको छ भने आज  दोस्रो डायलासिस गरिएको हो ।

अस्पताल सुत्रका अनुसार सीमित निकटजनले मात्रै प्रधानमन्त्रीसँग घेट गर्न पाएका छन् । सत्तारुढ दलकै उपल्लो तहका नेताहरुले समेत अस्पतालमा सहज भेट नपाएका बुझिएको छ ।

सङ्क्रमणको जोखिमका कारण भेटघाटमा कडाई गरिएको भनिए पनि आमतहमा विभिन्न अडकलबाजी चलिरहेको छ । मुलुकका प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे खुलस्त नगरिएको भन्दै सचेत तप्काले असन्तुष्टि जनाएको छ ।

यसका बाबजुद प्रधानमन्त्रीलाई आजै या भोलिसम्ममा अस्पतालले डिस्चार्ज दिने सम्भावना रहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here