उत्तर कोरियाद्धारा  दुईवटा  क्षेप्यास्त्र परीक्षण  

567

एजेन्सी / उत्तर कोरियाले बिहीवार दुईवटा क्षेस्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

उक्त हतियारहरू दक्षिण प्योनगान प्रान्तबाट प्रक्षेपण गरेर पूर्वी दिशा हुँदै समुद्रतर्फ गएको सउलका जोइन्ट चीफ्स अफ स्टाफले वक्तव्य जारी गरेर जनाए । ठ्याक्कै कुन हतियार परीक्षण गरिएको भनी खुलाइएको छैन ।

‘हामीहरू तयारी अवस्थामा छौं र थप प्रक्षेपणको निगरानी गरिरहेका छौं,’ उनीहरूले जनाए ।

उत्तरले हालैका दिनमा लगालग क्षेप्यास्त्र परीक्षण गरिरहेको छ । अक्टोबर २ मा उसले समुद्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । पनडुब्बीबाट गरिएको प्रक्षेपणले सैन्य सन्तुलनलाई परिवर्तन गर्ने जनाइएकाे छ ।

उक्त परीक्षणपछि उत्तरले स्विडेनमा अमेरिकासँग भएको आणविक वार्ता बीचैमा छोडेर हिँडेको थियो । त्यसपछि  उसले वाशिङटनलाई यसै वर्षको अन्त्यसम्ममा नयाँ अफर लिएर आउन आग्रह गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here