विश्वकप २०२२ को दोस्रो चरण खेलका लागि तयारी शुरू

167

काठमाडौं / कतार विश्वकप २०२२ को दोस्रो चरण खेल छनौट अन्तरगत घरलु मैदानमा हुने खेलका लागि नेपाली टोलिले तयारी थालेको छ ।  तिहार लगत्तै नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण थालेको हो । नेपाली टिमले बुधबारबाट एन्फा टेक्निकल सेन्टरमा प्रशिक्षण सुरु गरेको छ । एसियाको दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपाली टिमले अब ४ वटा अवे खेलमा प्रतिप्रर्धा गर्नेछ ।

नेपालले छनोटमा ४ खेलमा ३ अंक जोडेको छ । समूहको चौथो स्थानमा रहेको नेपालले कुवेत, अष्ट्रेलिया र जोर्डनसँग हार व्यहोरेको थियो भने ताईनिज ताइपेसँग जित निकालेको   थियो । अब नेपालले मंसिर ३ गते दशरथ रंगशालामा कुवेतसँग पहिलो घरेलु खेल खेल्दैछ ।

नेपालले पहिलो दिन सामान्य वार्म अप प्रशिक्षण गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।   मुख्य प्रशिक्षक जोहान कालिनले घरेलु खेलका लागि भरत खवास, एलेन न्यौपाने र सुभाष गुरुङलाई टिममा बोलाएका छन् ।  भरत खवास विभागीय ट्रेनिङका लागि थाईल्याण्ड गएका कारण अघिल्ला खेलमा टिममा थिएनन् । उनले अघिल्ला ४ खेल गुमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here