जापानको शुरी महल आगलागीबाट ध्वस्त

183

एजेन्सी / युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको दक्षिणी जापानको शुरी क्यासल (महल) मा आगलागीबाट ध्वस्त भएको छ । विहीबार बिहानै शुरु भएको सो आगो निभाउन अग्नी नियन्त्रकहरु केही घण्टादेखि खटिएका थिए । नजिकैका मानिसलाई अन्यत्रै सारिएको ओकिनावाका प्रहरी प्रवक्ता रियो कोचीले जनाएका छन् ।

ओकिनावाको राजधानी नाहामा सो आगो फैलिएको थियो । आगो बिहान २ः४० बजे शुरु भएको जनाइएको छ । उक्त क्यासल सन् १४०० को मानिन्छ । अहिलेको संरचना पुरानै शैलीमा निर्माण गरिएको हो । ‘‘क्यासलका तीन वटा महत्वपूर्ण भवन जलेका छन् । केही पनि बाँकी रहेन,’’ स्थानीय नाहा अग्नि विभागका अधिकारी डाइसुके फरुगेनले एएफपीसँगको कुराकानीमा जनाएका छन् ।

एनएचके टिभीले देखाएको फुटेजमा क्यासल आगोको लप्काभित्र देखिन्छ । नाहाका मेयर मिकिको शिरोमाले आफू सो घटनाबाट ज्यादै दुःखी भएको जनाएका छन् । ‘‘हामीले हाम्रो प्रतीक चिन्ह गुमाएका छौं,’’ उनले भने ।

सो आइल्याण्ड १८७९मा जापानमा गाभिनु अघिसम्म त्यहाँ ४५० वर्ष र्यूकु अधिराज्य रहेको थियो । स्थानीय संस्कृतिको मुख्य केन्द्रको रुपमा समेत त्यसलाई लिइन्छ । आगो कसरी लाग्यो भन्ने विस्तृत कुरा खुलाइएको छैन । यसअघि झण्डै सन् १३०० मा बनेको फ्रान्सको नोत्र दाममा पनि गएको अप्रिल महिनामा आगलागी हुँदा क्षति भएको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here