काठमाडौं / गए राति वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहेका ६९ वर्षीय गौतमको निधन भएको नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए ।
गौतम लामो समयदेखि मुटुरोगबाट पीडित रहेका थिए । रहस्य साप्ताहिकका सम्पादक रहेका गौतमलाई शनिबार दिउँसो मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । रहस्य साप्ताहिक विगत ४६ वर्षदेखि काठमाडौंबाट निरन्तर प्रकाशित हुँदै आइरहेको साप्ताहिक पत्रिका हो ।
गौतमको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । यसै वर्ष उहाँ प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भएका थिए ।