१. पूर्व राजा श्री ५ ज्ञानेन्द्र शाहले को आफ्ना हुन् र को पराया हुन् भन्ने नागरिकहरुको सही पहिचान गर्न सक्नु पर्दथ्यो । यस्तो संवेदनशील विषयमा राजा स्वयं चनाखो हुनु पर्दथ्यो ।
२. सही र साँचो कुराहरु राख्न, बोल्न सक्ने र खुबी भएका पूर्वराजा श्री ५ ज्ञानेन्द्र शाहका शुभ चिन्तकहरुलाई अवसरवादी सल्लाहकार र मध्यस्थकर्ताहरुले भेट नै नगराउने परम्परा ।
३. निजी सचिव सागर प्रसाद तिमिल्सिना जस्ता अवसरवादी मध्यस्थकर्ता र सल्लाहकारहरुको कारणले राजसंस्था गएको हो।
४. अवसरवादी मध्यस्थकर्ता (सचिव) र सल्लाहकारहरुलाई को को आम नागरिकहरु आफ्ना हुन् र आफ्ना पक्षमा बोल्छन् तथा खाँटि राजा पक्षधर को को हुन भन्ने पनि थाहा हुन्छ त्यसकारण मध्यस्थकर्ता र सल्लाहकारहरुले आफ्ना पक्षका (सपोर्टर) हरुलाई मात्र भेट गराउँदछन् ।
५. पूर्वराजा श्री ५ ज्ञानेन्द्र शाहका वास्तविक शुभचिन्तक वफादारहरुले मध्यस्थकर्ता र सल्लाहकारहरुको पोल खोलि देलान्, राज दरबारबाट खाइ पिइ आएको सुविधा, मोज मस्ती आदि आदि जस्ता कार्यहरुमा मध्यस्थकर्ताहरुले प्रश्न चिन्ह खडा गर्छन भनेर नै भेट नगराउने प्रथा ।
६. मध्यस्थकर्ता र सल्लाहकारहरुको सोच आम नागरिकहरुले आफ्नो सधँैभरि चाकरी, गुलामी गरिरहोस् भन्ने उद्देश्यले चाकरी र गुलामी नगर्नेहरुलाई भेटघाट नगराउने पन्छाउने रुढीवादी परम्परा रहेको पाइन्छ ।
७. कतिपय मध्यस्थकर्ता र सल्लाहकारहरु राम्रा पनि होलान् तर फटाही र धुत्र्याँई गर्ने अवसरवादीहरुको सामुन्ने सज्जनहरुको केही जोड (सीप) चल्दैन । ओझेल र अल्पमतमा पर्छन् ।
८. पूर्वराजा ज्ञानेन्द्र शाहका केही मध्यस्थकर्ता र सल्लाहकारहरु दोहोरो चरित्र भएका ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादीहरुले राजालाई फसाए ।
९. एक्कासी कार्यभार आफ्नो हातमा लिनु र नेपाल राष्ट्र नै चाहिँदैन भन्ने तुलसी गिरीलाई सल्लाहकारको रुपमा ल्याउनु ।
१०. राजा स्वयंलाई अवसरवादीहरुले अध्यक्ष बन्न लगाउनु ।
११. पूर्वराजा ज्ञानेन्द्र शाह अवसरवादी मध्यस्थकर्ता र सल्लाहकारहरु भरमा मात्र विश्वस्त हुनु हुँदैनथ्यो । बेला मौकामा राष्ट्रको गतिविधि तथा आम नागरिकहरुको चाहना र माँगलाई बुझ्नु पर्दथ्यो । केही आफ्नो जिद्दी र हठ का कारण पनि सत्ताबाट हात धुनु परेको हो ।
१२. एक्काइसौँ शताब्दीमा पूर्वराजा ज्ञानेन्द्र शाहको देश दौडहा वा मन्दिर दर्शन वा उद्घाटनमा जनमानसको भिड, माओवादीका प्रचण्डको देश दौडहा, आमसभामा जनमानसको भिड, नेकपा एमाले माधव कुमार नेपालको आमसभामा जनमानसको भिड, काँग्रसको सुशील प्रसाद कोइरालाको आमसभामा जनमानसको भिड तर ती नागरिकहरु राजाका हुन् की ? माओवादीका हुन् की ? एमालेका हुन् की ? काँग्रेसका हुन् की ? कसका हुन् भन्ने केही थाहा हुँदैन । भन्न खोजेको के हो भने आम नागरिकहरुको आवश्यकता के हो त्यसलाई कसरी परिपूर्ति गर्ने सोच जस्तै शिक्षामा सुधार, स्वास्थ्यमा सुधार, कृषिमा सुधार, रोजगारीको व्यवस्था आदि आदि जस्ता कुराहरुमा पुर्व राजा ज्ञानेन्द्र शाहले ध्यान पु¥याउन पर्दथ्यो तथा राष्ट्रलाई विकसित अन्तर्राष्ट्रिय मुलुकहरुको तुलनामा कसरी अगाडी लिएर जाने सोच बनाई दिएको भए आज राजसंस्था जाने अवस्था आउँदैन थियो ।
राजा ज्ञानेन्द्रका निजी सचिव, सचिवहरु र सल्लाहकारहरु अवसरवादी ताक परे तिवारी नत्र गोतामे जस्ता पुरानै छन कुनै हेरफेर गरिएको छैन । यही पुराना अवसरवादी निजी सचिव, सचिवहरु र सल्लाहकारहरुको कारणले राजसंस्था गएको हो । पुराना अवसरवादी सोच भएका निजी सचिव, सचिवहरु र सल्लाहकारहरु लाई लिएर राजा ज्ञानेन्द्र अघाडी बढनु भने राजसंस्था आयो भने पनि धेरै दिन सम्म टिक्दैन ।
स्वतन्त्र नेपाली नागरिक
राकेश कुमार शर्मा
साविक जिल्ला बर्दिया, गुलरिया न.पा.–६
हाल जि. मकवानपुर हेटौंडा उपमहानगरपालिका–२
मो.नं. ९८४८०५५७७६, ९८१२४९१३९७


















