बर्दिया / नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् माननीय किशोर सिङ राठौरले केपी ओली नेतृत्वको अहिले सरकार विकास तिर भन्दा उखान तिर उन्मुख भएको जनाएका छन् ।
नेता राठौरले यो सरकार निर्माण भएदेखि आजसम्म जनतालाई चिल्ला कुरा गर्न उखान सुनाउन व्यस्त भएको आरोप लगाए। भ्रष्टाचार र बलात्कारका दोषीलाई कारवाहीको दायरामा नल्याएर यो सरकारले आफुलाई निकम्मा घोषणा गरेको पनि उनको तर्क छ।
आइतबार राजापुर नगरपालिकामा रहेको अमर शहीद बहुमुखी क्याम्पसमा सरस्वती मन्दिरको शिलान्यास गर्दै नेता राठौरले सरकारले स्कुलका ढोका नदेखेका गरिब तथा विपन्न परिवारका बालबालिकालाई स्कुलसम्म पु¥याउन नसकेको भन्दै नेता राठौरले यो सरकारले रेलका सपना देखाउनु भन्दा दुर्गममा शिक्षाको पहुँचमा ध्यान दिन पनि सुझाव दिए।
विश्वका अधिकांश मुलुकले शिक्षाकै कारण विकासमा फड्को मारेको भन्दै नेता राठौरले हामी पनि समृद्ध मुलुक बनाउनलाई पहिला शैक्षिक सुधार र शिक्षाको बिस्तारमा लाग्नु पर्ने जिकिर गरे।


















