टोटनहृयाम च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश

164

इंग्लिस क्लब टोटनहृयाम च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमन्डलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश भएको छ । मंगलबार राति जर्मन क्लब डर्टमन्डलाई दोस्रो लेगमा १-० गोलले पराजित गरेपछि टोटनहृयामले समग्रमा ४-० गोलले जित्न सफल भएको थियो । यस भन्दा पहिलो लेगमा ३-० गोलको अग्रता बनाएको
थियो ।

यो जितसँगै टोटनहृयाम आठ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि सन् २०११ मा होटनहृयामले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको थियो । दोस्रो लेगको खेलमा टोटनहृयामलाई जित दिलाउन हृयारी केनले निर्णायक गोल गरे । उनकै गोलमा टोटनहृयामले डर्टमन्डमाथि १-० गोलको जित दर्ता गरेको हो ।पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनहृयामले दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ४८ औं मिनेटमा केनले गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here