धनगढी / धनगढी जिल्ला अदालत कैलालीले टीकापुर घटनामा सांसद रेशम चौधरी दोषी रहेको फैसला सुनाएको छ ।
जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासबाट बुधवार फैसला सुनाउँदै घटनामा चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । अदालतले सोही घटनामा रामनरेश चौधरी, विश्राम कुसी र रामनरुल जागलाई भने सफाइ दिएको छ ।
घटनाको अभियोगमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको थियो ।
थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा झडप भएको थियो । त्यसक्रममा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।
टीकापुर घटनाका मुख्य आरोपित मानिएका रेसम चौधरी घटनापश्चात् प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि उनलाई निर्वाचित भएको एक वर्षपछि चौधरीलाई शपथ गराइएको थियो । शपथग्रहण पश्चात उनलाई पून कारागार पठाइएको थियो।


















