घरमा लुकाई छिपाई विभिन्न हातहतियार राखेको अवस्थामा पक्राउ

201

कपिलवस्तु /  विभिन्न हातहतियार सहित कपिलवस्तु शिवराज नगरपालिका-९ अंचलपुर बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त क्षेत्रमा हातहतियार सहित मानिसहरु लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक समेत र सशस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न हातहतियार सहित उनलाई फेला पारेको हो ।

उनको घरबाट एसएमजी२ थान, त्यसको गोली६८ राउण्ड, त्यसको म्यागजीन ३ थान, ५४ टाईप पेस्तोल १ थान, त्यसको म्यागजीन १ थान, त्यसको गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजीन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा ९२५ केजी० बरामद भएको छ ।

हतियार सहित फेला पारी निजलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेपछिप्रहरीले नियन्त्रणमा लिन फायर गर्दा बायाँ खुट्टामा गोली लागेर उनी घाइते भएका छन् । उनलाई उपचारको लागि बुटवलतर्फ लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here