रामेछाप दुर्घटनाका घाइतेको उपचार नेपाल मेडिसिटिमा

133

काठमाडौं / रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा आफैले चलाएको स्कोर्पियोमा रत्न बहादुर नेवार दुुर्घटनामा परेका छन् । उनका भाई श्याम बहादुर नेवार तथा बाटोमै भेटिएकी मञ्जु थापा र उनकी छोरी दुर्घटनामा परेका छन् । रत्न बहादुर नेवारका अनुुसार दुुर्घटना बुधबार दिउँसो २ बजे भएको हो ।

रामेछाप अस्पतालमा उपचारका लागी लगिएका घाइतेहरुलाई ह्ेलिकोप्टरबाट काठमाण्डौको नेपाल मेडीसिटी अस्पतालमा ल्याइएको छ । रत्न बहादुरको कम्मर मुनीका भागहरुमा चोटपटक लागेको छ भने मञ्जु थापाको खुट्टा भाँचिएको छ । त्यस्तै श्याम बहादुर नेवार घाइतेहरु मध्ये केहि जटिल अवस्थामा रहेका छन्।

अस्पतालका आकस्मिक विभागका प्रमुख डा.सञ्जय कार्किले सबै घाइतेहरुलाई अहिले आकस्मिक कक्षमै राखेर उपचार गरिरहेको र खतरामुक्त रहेको जानकारी दिनुुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here