संसारका धनी व्यक्तिहरुहरुको सूचीमा मुकेश अम्बानी १३ औं स्थानमा

130

एजेन्सी/सन् २०१९ का सबैभन्दा धनी व्यक्तिहरुको सूची जारी गरेको छ । जस अनुसार संसारको सबैभन्दा धनी व्यक्तिको सूचीमा मुकेश अम्बानीले आफ्नो स्थितीलाई ६ स्थान माथि पुर्याउँदै १३ औं स्थान ओगट्न सफल भएका छन् । सन् २०१८ मा मुकेश अम्बानी १९ औं स्थानमा थिए भने सन् २०१७ मा उनी ३३ औं स्थानमा थिए ।

यो सूची अनुसार अमेजनका संस्थापक जेफ बेजोस (१३१ बिलियन डलर) सहित संसारको सबैभन्दा धनी व्यक्ति बनेका छन् भने बिल गेट्स ९९६.६ बिलियन डलर) दोस्रो स्थानमा र वारेन बफेट ९८२.५ बिलियन डलर) ले तेस्रो स्थान ओगटेका छन् । यस्तै, फेसबुकका संस्थापक मार्क जुकरबर्ग (६२।३ बिलियन डलर० सहित तीन स्थान तल झर्दै आठौं स्थानमा छन् भने न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्ग ९५५.५ बिलियन डलर० सहित दुई स्थान माथि उक्लँदै ९ औं स्थानमा छन् । फ्रान्सकी एलवीएमएचका मुख्य कार्यकारी अधिकारी बर्नार्ड अरनल्ट ९७६ बिलियन डलर० सहित यो सूचीको चौथो स्थानमा छन् । पाँचौं स्थानमा ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो मोबाइल कम्पनी ‘अमेरिका मोविल’ का मालिक कार्लोस स्लिम हेलू ९६४ बिलियन डलर० छन् । शीर्ष १० को सूचीमा जारा फेसन चेनबाट चर्चित भएका ८२ वर्षीय अमानसियो आरटेगा ९६२=७ बिलियन डलर० छैटौं स्थानमा छन् । ओरेकलका सह–संस्थापक लेरी इलिसन ९६२.५ बिलियन डलर) सातौं स्थानमा छन् भने गुगलका पहिलो मुख्य कार्यकारी अधिकारी लेरी पेज (५०.८ बिलियन डलर) १० औं स्थानमा छन् ।

फ्रेंकोइस बेटनकोर्ट

फोर्ब्सको सूचीमा महिलाः

पछिल्लो १० वर्षमा महिला अर्बपतीको संख्यामा १६७ प्रतिशतको वृद्धि भएको छ । सन् २०१० मा महिला अर्बपतीको कूल संख्या ९१ थियो भने सन् २०१९ सम्म आइपुग्दा यो बढेर २४३ भइसकेको छ । दुई महिला लोरियलकी फ्रेंकोइस बेटनकोर्ट र क्रिस्टल ब्रिजेस म्यूजियम अफ अमेरिकन आर्टकी एलिस वाल्टन यो वर्ष शीर्ष २० को सूचीमा पर्न सफल भएका छन् ।

बेटनकोर्ट फ्रान्सिस कस्मेटिक कम्पनी लरियलकी उत्तराधिकारी हुन् जबकी एलिस वाल्टन अमेरिकी सुपरमार्केट वालमार्टका संस्थापक स्याम वाल्टनकी एक्ली छोरी हुन् ।

यो सूचीमा सबैभन्दा युवा महिला अर्बपती बनेकी छिन् – काइली जेनर । कार्दाशियन परिवारकी जेनरले २१ वर्षको उमेरमा नै मार्क जुकरबर्गको २३ वर्षमा अर्बपती बनेको रेकर्ड तोडेकी छिन् । जेनर काइली कस्मेटिक चलाउँछिन् जसलाई उनले तीन वर्ष अघिमात्र सुरु गरेकी थिइन् । यो कम्पनीले गत वर्ष ३६० मिलियन डलरको व्यापार गरेको छ ।

जेनरले फोर्ब्सलाई भनिन्, ‘म केही पनि आशा गर्दिनँ । म भविष्यको पूर्वानुमान पनि गर्दिनँ ।’ जेनर थप्छिन्, ‘तर मेरो कामदे मान्यता पाएकोमा खुसी लाग्छ । यो मेरो लागि सबैभन्दा ठूलो प्रशंसा हो ।’ फोर्ब्सको २०१९ को सूचीमा दुई हजार एक सय ५३ मानिसहरुको नाम छ जो सन् २०१८ को तुलनामा ५५ कम हो ।

सन् २०१८ मा अर्बपतीको संख्या दुई हजार दुई सय ८ थियो । यो वर्ष अर्बपतीको कूल सम्पत्ति आठ हजार सात सय अर्ब डलर रह्यो जुन २०१८ मा ९ हजार एक सय अर्ब डलर थियो । फोर्ब्सको यो सूची ८ फेब्रुअरीको कम्पनीको शेयर र विनिमय दरको आधारमा तयार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here