जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवनवीमा योजना

184

काठमाडौं / सस्तो, सुलभ र विश्वसनिय रेमिट्यान्स सेवाको लागी परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीकालागि दुर्घटना जीवन बीमा योजना ल्याएको छ ।

योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्स मार्फत परिवारका सदस्यवा अन्य व्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउनु हुने व्यक्तिले भुक्तानी पाएको दिन देखी रु पाँच लाखको १ बर्षे दुर्घटना जीवन बीमा हुनेछ । क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ ।

यो दुर्घटना जीवन बीमा योजना ४० वा सो भन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागू हुनेछ । सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनेहरु मध्यबाट २,१३७ जनाको प्िरत व्यक्ति रु. पाँच लाखको १ बर्षे दुर्घटना जीवन बीमा गरिएको जनाइएको छ । सम्पूर्ण बिमितहरुको नामावली कम्पनीको अधिकारिक फेसबूक पेजमा प्रकाशित गरिएकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here