महिलालाई यसकारण धोका दिन्छन् पुरुषले

238

प्रायः विवाहित होस् या अविवाहित जोडीको सम्बन्ध टुट्नुमा पुरुषको स्वभाव र बानी प्रमुख कारण मानिएको छ ।
जसमा विवाहित जोडीबीच सम्बन्ध विच्छेद हुनुमा पुरुषको ‘धोकेवाज’ बानीलाई प्रमुख कारण रहेको छ । यदि यस्तो हो भने पुरुषहरु किन आफ्नो पार्टनरलाई धोका दिन्छन् त हालै भएको एक अनुसन्धानमा पुरुषहरुले आफ्नो पार्टनरलाई धोका दिनुको कारणबारे खुलेर बताएका छन् ।

तर धोका दिनुको कारण त्यस्तो छैन जस्तो महिलाहरुले सोच्ने गर्छन् । यानी पुरुषहरु आफ्नो पार्टनरसँग बोर भएर उनीहरुलाई धोका दिँदैनन् । सुपरड्रग्स अनलाइन डाक्टरले गरेको सर्भेबाट पत्ता लागेको छ कि पुरुषले आफ्नो पार्टनरलाई धोका दिनुको प्रमुख कारण कोही अरु महिला अधिक आकर्षक लाग्नु नै प्रमुख कारण मानिएको छ । २००० भन्दा बढी वयस्क पुरुषहरुमा उक्त सर्भेक्षण गरिएको थियो । सर्भेक्षणमा सहभागी पुरुषहरुले भनेका छन् कि उनीहरु आफ्नो पार्टनरलाई तब धोका दिन्छन् जब उनीहरुलाई आफ्नो पार्टनरभन्दा कोही अरु महिला आकर्षक लाग्छिन् । पुरुषहरुले आफ्नो महिला पार्टनरलाई धोका दिनुको अर्को कारण पनि सर्भेक्षणबाट पत्ता लागेको छ । त्यो हो कुनै पुरुषलाई उनको पार्टनरले भन्दा अरु महिलाले बढी ख्याल गर्नु । महिलाहरुले भने आफ्नो पार्टनरले आफूप्रति ध्यान निदएकाले धोका दिएको बताउँछन् । यस मध्ये पुरुषले महिलालाई धोका दिनुको तेस्रो ठूलो कारण ‘सेक्स’ भएको पनि खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here