भारतीय सेनाध्यक्षले गरे जंगी अड्डामा सम्मान गारत निरीक्षण

72
भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकुडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन्।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जंगी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो।

सो अवसरमा उनले जंगी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे। यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रधानसेनापति शर्मा र उहाँबीच अहिले भेटवार्ता भइरहेको छ। केहीबेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नेछिन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार आइपुगेका हुन्।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here