रीदेन महर्जन
ललितपुर / ग्रिन इन्टरनेशनल क्लब (जि.आइ.सि.) को केन्द्रिय समिति काठमाडौंको आयोजनमा मुटु, किडनी तथा क्यान्सर पिडित बसन्त पुलामि मगर बचाउ अभियान सांस्कृतिक कार्यक्रम ललितपुरको नखिपोटस्थित बास्केटबल मैदानमा शनिबार भव्य रुपमा सम्पन्न भयो ।
उक्त क्लबका अध्यक्षका सुलोचना गुरुङ्ग (रोक्का) मगरले मुटु, किडनी तथा क्यान्सर पिडित बसन्त पुलामी मगरको आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिनु भयो । उहाँले भने, ‘मानवीय सेवा नै ठूलो धर्म हो ।’ यस पुण्य कर्ममा सम्पूर्ण नेपालीहरुले साथ दिनुपर्ने कुरामा जोड दिनु भयो ।
प्रमुख अतिथिका रुपमा पाल्नु भएका नेटिभ ग्रुप कम्पनीका अध्यक्ष तथा मगर संघका बरिष्ठ नेता राम मगरका अनुसार, ‘यस क्लबद्धारा जुन खालको सांस्कृतिक कार्यक्रम गरियो एकदमै गौरवको कुरा हो । सरकारको दायित्व रहेता पनि मानवीय सेवाका निम्ति जनताहरुको तर्फबाट भइरहेको कार्य एक दम गौरवशाली विषय भएको बताउनु भयो । जसमा सरकारले गम्भिर रुपमा लिनु पर्ने कुरामा जोड दिनु भयो ।’
उक्त कार्यक्रममा वरिष्ठ गायक दिपक लिम्बु, गायक तथा संगितकार सुबी राई, वरिष्ठ संगितकार÷गायक तारा प्रकाश लिम्बु, गायिका रश्मी राई, उज्वल थेबे, राज लाबुङ, मनिस सुहाङ लिम्बु गायन प्रस्तुति द्धारा दर्शकहरुलाई मनोरञ्जन दिलाउन भयो । भाले हास्यंकलाकार तथा हास्यँकलाकार फुलन्देको आमाको पनि बेजोड रुपमा अभिनय प्रस्तुत गरि दर्शकहरुलाई हसाएको थियो । माडेल तथा डान्सर सिता राईको नृत्यले दर्शककमा मन तान्न सफल भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष जन्मजय साङपाङ राईले स्वागत मनत्व राख्नु भयो । कार्यक्रम संचालन यसै संस्थाको सचिव एवम् संचारकर्मि सम्पदा लिम्बुले संचालन गरेको थियो ।
यस क्लबले स्थापनाकालदेखि नै मानविय तथा सामाजिक सेवा अर्थात भुकम्प, बाढीपहिरो, पिडित, आगलागीमा धनजन क्षति भएका पीडितहरुलाई सहयोग एवम् वातावरण, खेलकुद, संगीतिक तथा विभिन्न कार्य गर्दै आइरहेको संस्था हो । यस क्बलको संस्थापक चलचित्र निर्माता तथा नायक रमेशचन्द्र राई हुनु हुन्छ । यस ग्रिन इन्टर नेशनल क्लबको शाखा झापा, सुनसरी, पाँचथर, ताप्लेजुङ्ग रहेको छ भने अमेरिकामा यसको शाखा रहेको छ ।





















