राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुँदैन ! कसैले चिन्ता नगरे हुन्छ : प्रधानमन्त्री ओली

289

काठमाडौं / प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने जनाएका छन् । ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे ।

राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं वार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले सो कुरा जनाएका हुन् । ‘पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएरनै निस्तेज पारेको हो’ प्रधानमन्त्री ओलीले भने ।

‘राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन । यस विषयमा कसैले चिन्ता नगरे हुन्छ ।’ प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको जनाए । ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी विनाको माछा जस्तो भुटभुटिएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here